बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध अन्तिम बलमा सनसनीपूर्ण जित हासिल गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको पहिलाे खेलमा जनकपुरले लुम्बिनीलाई १ रनले हराउँदै सनसनीपूर्ण जित हासिल गरेकाे हाे।
यससँगै लुम्बिनीको प्लेअफ सम्भावना कठिन भएको छ।
जनकपुर बोल्ट्सले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्याे।
अन्तिम बलमा २ रन लिन नसक्दा लुम्बिनी पुनः पराजित हुन पुगेको छ।
लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए। टम मुर्स ३१, अर्जुन साउदले २०, सन्दीप जोराले १६ रन जोडपनि जित दिलाउन सकेनन्। लुम्बिनीकाे यो लगातार चौथो हार हो।
राम्रो सुरुआत गरेको लुम्बिनी फिनिसिङमा चुक्दा जित निकाल्न सकेन।
बलिङमा जनकपुरका हर्ष थाकरले सर्वाधिक ५ विकेट लिए। लिगमा जनकपुरको यो लगातार चौथो जित हो।
४ खेलबाट ८ अंक जोडेर जनकपुर शीर्ष स्थानमा उक्लेको छ।
आइतबार दिउँसाे १ बजे हुने दाेस्राे खेलमा चितवन राइनाेज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया