
बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल स्वदेश फिर्ता भएका छन्। बेल्ट एण्ड रोड फोरममा सहभागी हुन चीन प्रस्थान गरेका उनी शनिबार स्वदेश फिर्ता भएका हुन्।
स्वदेश र्फिता भएसँगै त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएकोप्रति खुसी लागेको बताएका छन्। उनले बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गर्नैपर्ने भएपनि त्यसअघि सरकारले नाटक गरेको टिप्पणी गरेका हुन्।
उनले भने, ‘बीआरआईमा हस्ताक्षर गर्नु अगाडि सरकारले पर्याप्त ध्यान पुर्याउन सकेन। बीआरआईका बारेमा पहिले नै अध्ययन गर्नुपर्नेमा चीन पुगेपछि अलमलका साथ सरकारले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गरेको छ। छिमेकी देशहरुसँग राम्रो सम्बन्ध बनाउन नसक्नेले अन्य देशहरूसँग पनि राम्रो सम्बन्ध बनाउन सक्दैन।’
उनले बीआरआई नेपालको हितमा रहेको बताए। खनालले चीनबाट नेपालमा सडक माध्यमबाट सामान ल्याउँदा धेरै कष्ट बेहोर्नुपरेको भन्दै पारवहनका विषयमा सरकारले चीनसँग आवश्यक छलफल अघि बढाउनुपर्ने जिकिर गरे।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया