शारीरिक सुगठन प्रतियोगितामा रजत पदक विजेताहरुलाई काठमाडौं महानगरपालिकाको नगदसहित सम्मान

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) र उपप्रमुख सुनिता डंगोलले १५औँ वर्ल्ड बडिबिल्डिङ् एण्ड फिजिक च्याच्पियनसिप- २०२४ का रजत पदक विजेता खेलाडीहरुलाई नगद १ लाख रुपैयाँसहित सम्मान गरेका छन्।

गएको कात्तिक २० गतेदेखि २५ गतेसम्म वर्ल्ड बडिबिल्डिङ् एण्ड फिजिक स्पोर्टस् फेडेरेसनले माल्दिभ्समा आयोजना गरेको खेलका पदक विजेतालाई सामाजिक विकास विभागले आयोजना गरेको कार्यक्रममा सम्मान गरिएको हो।

प्रतियोगितामा ६० किलो तौल समूहतर्फ रुजेश शाही, मास्टर्स ४० देखि ४० वर्ष उमेर समूहतर्फ प्रज्वलमान शाक्य, महिला ५५ किलो तौल समूहतर्फ रजनी श्रेष्ठ, पिस स्वीमस्वीट १६५ सेन्टिमिटर महिलातर्फ सनम मुलगुठीले रजत पदक प्राप्त गरेकी थिइन्।

सम्मान कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, प्रवक्ता नविन मानन्धर, सामाजिक समितिका पदाधिकारी, कार्यपालिका सदस्यसहित अधिकारीहरु उपस्थित थियो।

महानगरपालिकाले खेल क्षेत्रको प्रवर्धन र खेलाडीहरुको आत्मबल बढाउन राष्ट्रिय अन्तरराष्ट्रिय प्रतियोगिताका विजेताहरुलाई नगदसहित सम्मान गर्ने गरेको छ।

यस्तै खेलप्रेमीहरुलाई प्रतियोगिता हेर्ने वातावरणका लागि सार्वजनिक स्थलहरुमा एलइडी स्क्रिन राखेर प्रत्यक्ष प्रसारण गर्ने गरेको छ।

प्रकाशित मिति: : 2024-12-06 20:51:00

प्रतिकृया दिनुहोस्