भुटानका राजा जिग्मे वाङचुक आज शुक्रबार नेपाल आउँदैछन्। भारत भ्रमणमा रहेका वाङचुक शुक्रबार बिहान ड्रुक एयरको उडान नम्बर केबी २०५ बाट काठमाडौं आउने छन्।
१९ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै काठमाडौं आउन लागेका उनी काठमाडौं आएपछि बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्न जानेछन्।
भ्रमण दलमा राजासहित ऊर्जामन्त्री, विदेशसचिव, नेपालका लागि भुटानी राजदूत, सुरक्षा अधिकारी लगायत सदस्य रहेका छन्।
भुटानका राजा नेपाल आउने भएसँगै गृह मन्त्रालयले उनका लागि उच्च सुरक्षा व्यवस्था कायम गरेको छ।
उनको दर्शनका लागि जाने बौद्धनाथ, स्वयम्भूनाथ र त्यस आसपासका क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ।
उनी किन नेपाल आउन लागेको भन्ने केही खुलेको छैन। यद्यपि सरकारी स्रोतकाअनुसार भने उनले नेपालमा कुनै औपचारिक भेटघाट भने गर्ने छैनन्।
भारत भ्रमणको अवसर पारेर उनी छिमेकी देश नेपालमा पनि भ्रमण गर्ने योजना बनाएको हुन सक्ने स्रोत बताउँछ।
उनी आजै स्वदेश फर्किनेछन्।
गएकाे असाेजमा भुटान पुगेका नेपालका पूर्व राजा ज्ञानेन्द्र शाहले भुटानी राजा वाङचुकसँग भेटेका थिए। उनीहरू विद्यार्थी जीवनका साथीहरू रहेकाे बताइन्छ।