बिएल संवाददाता
बलिउडकी अभिनेत्री प्रियंका चोपडाले आफ्नो करिअरमा धेरै हिट फिल्महरू दिएकी छन्। उनी आफ्नो अभिनयकै कारण बलिउडदेखि हलिउडसम्म पाइला टेक्न सफल भइन्।
तर आफ्नो अभिनयले करोडौं दर्शकलाई लोभ्याएकी प्रियंकालाई भने अभिनेत्री बन्ने रहर थिएन।
उनको सपना अर्के थियो। जसको खुलासा उनकी आमा मधु चोपडाले गरेकी थिइन्। साथै उनले छोरी प्रियंकाले पहिले फिल्म साइन गर्दा रुएको कुरा पनि बताइन्।
तर किन?
क्रिमिनल साइकलेजिस्ट बन्न चाहन्थिन् प्रियंका
ग्लोबर सुपरस्टार प्रियंका सन् २००० मा मिस वल्ड प्रतियोगिता जितेकी थिइन्। यो प्रतियोगितलाई जितेपछि उनीसँग फिल्मको ताँती लाग्न थाल्यो। जहाँ खेल्नका लागि आमा मधुले नै सुझाएकी थिइन्।
भलै, प्रियंकाले अभिनयको दुनियाँमा पाइला टेक्ने सपना कहिल्यै देखेकी थिइनन्। उनको सपना थियो, साइकोलोजिस्ट या इन्जिनियर बन्ने।
प्रियंकाले २००२ मा फिल्म 'थमिजहन'बाट डेब्यू गरेकी थिइन्। त्यो समय अभिनेत्रीलाई अभिनयप्रति कुनै चासो थिएन।
मधुले खुलासा गरेअनुसार त्योबेला प्रियंकाको सम्पूणै ध्यानै पढाइमा थियो। उनी साइन्स पढ्न चाहन्थिन्।
मिस वर्ल्ड जितेपछि उनलाई फिल्मबाट धेरै अफरहरु आउन थाले। त्यहीपनि उनी काम गर्न चाहदिन थिइनन्। तर आमा मधुले नै उनलाई सुझाइन् फिल्ममा काम गर्न।
तर पहिलोपटक फिल्ममा साइन गर्नेबेला रुएकी थिइन् प्रियंका चोपडा। जसको खुलासा आमा मधुले गरिन्।
उनले भनिन्, 'प्रियंका धेरै जेहेनदार विद्यार्थी थिइन्। उनी अभिनय छोडर पढाइ गर्न चाहन्थिन्। उसको इच्छा अर्के थियो तर यो सबै भइदियो। पहिलोपटक फिल्ममा काम गर्नका लागि सम्झौता पत्रमा साइन गर्दा धेरै रुएकी थिइन् छोरी। जसको आँसुको ठुल्ठुलो थोपाको निशान पत्रमा पूरै देखिन्थ्यो।'
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया