बिएल संवाददाता
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा अनिल साह कप्तान रहेकाे जनकपुर बाेल्टसले लगातर तेस्राे जित दर्ता गरेकाे छ। बिहीबार पाेखरा एभेन्जर्सलाई ७ विकेटकाे पराजित गर्दै जनकपुरले तेस्राे जित निकालेकाे हाे।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पाेखराले दिएकाे १३९ रनकाे लक्ष्य जनकपुरले १७.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्याे।
जनकपुरका लागि लाहिरु मिलान्थाले ४५, मार्की खेलाडी आशिफ शेखले ३३ तथा अविजित जेम्स निसमले ४० रन प्रहार गरे। त्यस्तै कप्तान साहले १ र हर्ष ठकरले १३ रन बनाए।
पाेखराका लागि विपिन खत्री, माइकल लेस्क र कप्तान कुशल भुर्तेलले १-१ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेकाे पाेखराले निर्धारित २० ओभरमा ७ विकेट १३८ रन बनाएकाे थियाे। पाेखराका लागि मार्कस क्रिचलीले ३५, लेस्कले २५ तथा आन्द्रेस गाैसले २० रन जाेडेका थिए।
जनकपुरका लागि ललित राजवंशीले ३, जम्स निसमले २ तथा किशाेर महताे र माेहमद माेहसिनले १-१ विकेट लिए।
याे जितसँगै जनकपुर अंक तालिकामा शीर्ष स्थानमा उक्लिएकाे छ। भने, पाेखरा साताैं स्थानमा झरेकाे छ।
अब जनकपुरले आइतबार लुम्बिनीसँग प्रतिस्पर्धा गर्ने छ। र, पाेखराले शुक्रबार लुम्बिनीकाे सामना गर्नेछ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया