बिएल संवाददाता
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा अनिल साह कप्तान रहेकाे जनकपुर बाेल्टसले लगातर तेस्राे जित दर्ता गरेकाे छ। बिहीबार पाेखरा एभेन्जर्सलाई ७ विकेटकाे पराजित गर्दै जनकपुरले तेस्राे जित निकालेकाे हाे।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पाेखराले दिएकाे १३९ रनकाे लक्ष्य जनकपुरले १७.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्याे।
जनकपुरका लागि लाहिरु मिलान्थाले ४५, मार्की खेलाडी आशिफ शेखले ३३ तथा अविजित जेम्स निसमले ४० रन प्रहार गरे। त्यस्तै कप्तान साहले १ र हर्ष ठकरले १३ रन बनाए।
पाेखराका लागि विपिन खत्री, माइकल लेस्क र कप्तान कुशल भुर्तेलले १-१ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेकाे पाेखराले निर्धारित २० ओभरमा ७ विकेट १३८ रन बनाएकाे थियाे। पाेखराका लागि मार्कस क्रिचलीले ३५, लेस्कले २५ तथा आन्द्रेस गाैसले २० रन जाेडेका थिए।
जनकपुरका लागि ललित राजवंशीले ३, जम्स निसमले २ तथा किशाेर महताे र माेहमद माेहसिनले १-१ विकेट लिए।
याे जितसँगै जनकपुर अंक तालिकामा शीर्ष स्थानमा उक्लिएकाे छ। भने, पाेखरा साताैं स्थानमा झरेकाे छ।
अब जनकपुरले आइतबार लुम्बिनीसँग प्रतिस्पर्धा गर्ने छ। र, पाेखराले शुक्रबार लुम्बिनीकाे सामना गर्नेछ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया