बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पाँचवटा कार्यभार आत्मसात गरेर पार्टी अघि बढेको बताएका छन्।
सिरहाको गोलबजार नगरपालिका नगर कमिटीको आयोजनामा वडा नम्बर ३ मुसहर्निया गाउँमा आयोजित तीन दिने अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै श्रेष्ठले उक्त कुरा बताएका हुन्।
श्रेष्ठले भने, ‘राष्ट्रको सार्वभौम सत्ता, अखण्डता र स्वाधीनता जोगाउने पहिलो कार्यभार हो भने आन्दोलनको बलमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान जोगाउनु दोस्रो कार्यभार हो। मुलुकलाई समृद्धि र समाजवादतर्फ लैजानु तेस्रो कार्यभार हो भने सुशासनको ग्यारेण्टी गरी सामाजिक न्यायको प्रत्याभूति गर्नु चौथो कार्यभार हो। हामी कम्युनिष्ट भएकाले मुलुकमा पूर्ण समाजवाद कायम गराउनु मुल अभिष्ट र मुख्य कार्यभार हो।’
श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र आफू गृह तथा उपप्रधानमन्त्री हुँदा ठूला कर्मचारी, ठूला नेता र सरकारमा बसिसकेका मन्त्रीहरुलाई भ्रष्टाचार गरेकोमा कानुन बमोजिम कारवाही थालेको कारण सरकार ढालिएको जिकिर गरे।
श्रेष्ठले देशैभरी नेकपा माओवादीले पार्टी निर्माण गर्ने अभियान थालेको बताए। त्यसैको एक कडीका रुपमा यो त्रीदिवसीय प्रशिक्षणलाई लिन सकिने उनको भनाइ छ।
प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिव तथा मधेश प्रदेश इन्चार्ज लिलामणि पोखरेल, उप महासचिव गिरिराजमणि पोखरेल स्थायी समिति सदस्यद्वय प्रशुराम तामाङ्ग र विश्वनाथ साह तथा वैकल्पिक केन्द्रिय सदस्य चन्देस्वर गडेरी पनि प्रशिक्षकका रुपमा सहभागी रहेका छन्।
माओवादी केन्द्रका नगर समिति सदस्य धन प्रसाद लामाका अनुसार प्रशिक्षण शिविर तीन दिनसम्म सञ्चालन हुनेछ। यस अवधिमा सिरहा जिल्लाका पार्टीका अगुवा कार्यकर्ताहरुलाई समसामयिक विषयमा प्रशिक्षित गराइने जनाइएको छ।
आवासीय प्रशिक्षण शिविरमा झण्डै दुईसय नेता तथा कार्यकर्ता सहभागी भएका छन्। प्रशिक्षण शिविर स्थानीय एक गुम्बा भवनमा सञ्चालन गरिएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया