इजरायली सैन्य कारबाहीबाट गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४४ हजार नाघेको छ।
गाजास्थित स्वास्थ्य अधिकारीहरूले शनिबार जारी गरेको विज्ञप्तिमा ४४ हजार ३८२ प्यालेस्टाइनीको मृत्यु भएको उल्लेख छ।
विगत २४ घण्टामा इजरायली सैनिक कारबाहीमा गाजामा १९ जनाको मृत्यु हुनुका साथै अन्य ७२ जना घाइते भएको विज्ञप्तिमा भनिएको छ।
इजरायली सेनाले शुक्रबार रातिदेखि शनिबारसम्म गाजा पट्टीका धेरै ठाउँमा आक्रमण गर्दा कम्तीमा ३२ प्यालेस्टाइनीको मृत्यु भएको सीसीटीभीप्लसले उल्लेख गरेको छ।
त्यस्तै प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाले शनिबार दक्षिणी गाजाको खान युनिसमा भएको आक्रमणमा फूड परोपकारी संस्था वर्ल्ड सेन्ट्रल किचेनका तीन कर्मचारीको मृत्यु भएको जनाएको छ।
गाजामा सामुदायिक भान्सा सञ्चालन गर्ने परोपकारी संस्थाले आक्रमणपछि गाजामा आफ्नो सञ्चालन रोकेको छ।
यता, इजरायली हमलाका कारण संचारकर्मीहरुमा ठूलो असर पुगेको छ। उक्त द्वन्द्वमा मारिएका पत्रकार र मिडियाकर्मीहरूको कुल संख्या १९१ पुगेको छ।