स्थानीय तहकाे उपनिर्वाचनमा ६२ प्रतिशत मतदान भएकाे छ।
४१ पदका लागि आइतबार भएकाे निर्वाचनमा ६२ प्रतिशत मतदान भएकाे निर्वाचन आयाेगले जनाएकाे छ। आयाेगका अनुसार उपनिर्वाचन भएकाे स्थानीय तह तथा वडामा २ लाख २६ हजार ७ सय ९९ मतदाता रहेकाेमा ६२ प्रतिशत मत खसेकाे हाे।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आज उपनिर्वाचन भएको हो।
त्यस्तै आयाेगले मतदान शान्तिपूर्ण रुपले सफल बनाउन सहयाेग गर्ने सबैलाई धन्यवाद दिएकाे छ।
निर्वाचन भएका केही स्थानीय तहकाे मतगणना सुरु भइसकेकाे छ। भने, केहीमा साेमबार बिहानबाट सुरु हुनेछ।