मतदानपछि मन्त्री सिंहले भने-लोकतन्त्रको सुदृढीकरणका लागि सबैले मतदान गर्नुपर्छ

Break n Links
Break n Links

उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन्।

काठमाडौँ महानगरपलिका वडा नं १६ मा जारी उपनिर्वाचनका क्रममा उनले मतदान गरेका हुन्। पक्नाजालस्थित युवक मावि मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्।

मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रको सुदृढीकरणका लागि सबैले उत्साहपूर्वक मतदान गर्नुपर्नेमा कुरामा जोड दिए।

वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो।

प्रकाशित मिति: : 2024-12-01 10:32:00

प्रतिकृया दिनुहोस्