राष्ट्रिय सभाकी उपाध्यक्ष घिमिरे मलेसिया प्रस्थान

Break n Links
Break n Links

राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरे १३ जना संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मलेसिया प्रस्थान् गरेकी छिन्।

मलेसिया सरकारको निमन्त्रणामा वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासहरूको सात दिने अध्ययन तथा अवालेकन भ्रमणका लागि संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै घिमिरे शनिबार साँझ मलेसिया गएकी हुन्। 

संसदीय प्रतिनिधि मण्डलमा राष्ट्रिय उपाध्यक्ष घिमिरे, प्रतिनिधि सभा सदस्य पुष्पबहादुर शाह, कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्ट, मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल र बागमती प्रदेशका सभामुख भुवनबहादुर पाठक रहेका छन्। 

यसैगरी लुम्बिनी प्रदेशका उपसभामुख मेनुका खाँड केसी, गण्डकी प्रदेशका उपसभामुख  विनाकुमारी थापा, कर्णाली प्रदेशका उपसभामुख  यशोदा न्यौपाने, सुदूर पश्चिम प्रदेशका उपसभामुख कोइली देवी चौधरी, संघीय संसदका महासचिव पद्यप्रसाद पाण्डेय, सहसचिव बविता मिश्र र उपसचिव सुलोचना पंज्ञानी पनि प्रतिनिधि मण्डलमा सहभागी रहेका छन्। 

भ्रमणका क्रममा प्रतिनिधि मण्डलका नेता राष्ट्रि«य सभाका उपाध्यक्ष घिमिरेले मलेसियाको संसदका सभामुख र उपसभामुख तथा सेलांगोर प्रान्तीय संसदका सभामुख र उपसभामुख संग भेटवार्ता गर्ने कार्यक्रम छ भने प्रतिनिधिमण्डलले मलेसियाको संसद र सेलांगोर प्रान्तीय संसदको अवलोकन , भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयका प्रबक्ता एकराम गिरीले जानकारी दिए। 
 
भ्रमण सम्पन्न गरी उपाध्यक्ष नेतृत्वको प्रतिनिधि मण्डल मंसिर २१ गते नेपाल फर्कने कार्यक्रम रहेको छ। 

प्रकाशित मिति: : 2024-12-01 07:30:00

प्रतिकृया दिनुहोस्