एनपिएल: जनकपुरले टस जितेर विराटनगरलाई दियाे ब्याटिङकाे निम्ताे

Break n Links
Break n Links

नेपाल प्रिमियल लगि (एनपिएल)काे उद्घाटन खेलमा अनिल साह कप्तान रहेकाे जनकपुर बाेल्ट्सले टस जितेकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर विराटनगरलाई ब्याटिङकाे निम्ताे दिएकाे छ। साह जितेपछि जनकपुरका कप्तान साहले पहिला बलिङ गर्ने निर्णय गरे।

आजदेखि सुरु हुने लिग हेर्न त्रिवि क्रिकेट मैदानमा दर्शकहरु खचाखच भरिएका छन्। खेलकाे उद्घाटनका लागि युवा तथा खेलकुदमन्त्री तेजुलाल चाैधरी मैदानमा पुगेकाे छन्।

प्रकाशित मिति: : 2024-11-30 12:10:00

प्रतिकृया दिनुहोस्