दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप भएकाे छ।
जिल्ला अदालत काठमाडौंले शुक्रबार उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि ५ दिनकाे अनुमति दिएकाे हाे।
प्रसाईं साइबर अपराध गरेको आरोपमा यही मंसिर ४ गते पक्राउ परेका थिए।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै सामाजिक सञ्जालमा भिडियाे सामग्री पोष्ट गरेका थिए।
त्यसपछि उनी पक्राउ परेका हुन्। हाल प्रसाईं उपचारका लागि क्यान्सर अस्पतालमा उपचाररत छन्।