राष्ट्रिय खेलकुद परिषद् (राखेप)काे ११८औँ बैठक स्थगित भएकाे छ। शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा बस्ने तयारी गरिएकाे बैठक काेरम नपुगेपछि स्थगित भएकाे हाे।
काेरम पुग्नका लागि बैठकमा १९ जना सदस्य उपस्थित हुनु पर्नेमा १४ जना मात्रै उपस्थित भएपछि बैठक स्थगित भएकाे छ। बैठक स्थगित भएसँगै १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अनिश्चित बनेको छ।
बैठकमा १०औँ राष्ट्रिय खेलकुद, राष्ट्रपति रनिङ्ग शिल्ड, राष्ट्रिय खेलकुद प्रतियाेगिता सञ्चालन निर्देशिका २०७९ संशोधन, विश्वविद्यालय खेलकुदलगायत दर्जन विषयमा छलफल गर्ने एजेण्डा थियाे।
यो पनि–