आदिवासी मगर प्राज्ञिक सङ्गोष्ठी- २०८१ काठमाडौँमा सुरू

Break n Links
Break n Links

आदिवासी मगर प्राज्ञिक सङ्गोष्ठी- २०८१ काठमाडौँमा सुरू भएकाे छ।

नेपाल मगर संघ केन्द्रको संरक्षकत्व र मगर प्राज्ञिक परिषद्को आयोजनामा काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञिक सङ्गोष्ठी सुरु भएको हाे।

दुई दिनसम्म चल्ने यस प्राज्ञिक सङ्गोष्ठीमा मगर समुदायको भाषा, साहित्य, संस्कृति, सभ्यता, इतिहास र पहिचानसँग सम्बन्धित ३२ वटा कार्यपत्रहरू प्रस्तुत गरिनेछन्।

कार्यक्रममा देशभरिका अनुसन्धाता, प्राज्ञिक, विद्यार्थी र मगर समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता छ।

सङ्गोष्ठीले मगर समुदायको पहिचान, मौलिकता र योगदानबारे गहन अध्ययन र छलफलमार्फत नयाँ दृष्टिकोण निर्माण गर्ने अपेक्षा गरिएको छ।

उद्घाटन समारोहमा नेपाल मगर संघका प्रमुख पदाधिकारीहरूले मगर समुदायको मौलिक भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण र प्रवर्द्धन गर्न यस प्रकारका प्राज्ञिक कार्यक्रमहरूको महत्त्वबारे प्रकाश पारे।

उक्त कार्यपत्रहरूको निष्कर्ष र सिफारिसलाई मगर समुदायको सशक्तिकरण र पहिचानको लागि दीर्घकालीन योजनाहरू निर्माण गर्न उपयोग गरिने जनाइएको छ।

प्रकाशित मिति: : 2024-11-28 13:12:00

प्रतिकृया दिनुहोस्