बिएल संवाददाता
नेकपा एमालेका नेता ऐन महरलाई बलात्कारी भन्दै धर्नामा बसेका पक्ष र महरलाई बलात्कारी भन्न पाइँदैन भन्नेबीच माइतीघरमा झडप भएकाे छ।
महरकै गृहजिल्ला बझाङकी एक महिलाले आफूलाई महरले बलात्कार गरेको भन्दै वर्षदिनदेखि आन्दोलनमा छिन्। उनले महरलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै आन्दोलित छिन्।
तर महरमाथि कुनै छानबिन नभएको भन्दै अहिले उनै महिलाका बुबासहितका केही व्यक्त माइतीघरमा सोमबारदेखि धर्नामा बस्न खोजेका थिए। धर्नामा बसेका उनीहरूले ‘बलात्कारी ऐन महर’ लेखेको ब्यानर टाँगेपछि महर पक्षकाले प्रतिवाद गरेका थिए।
त्यस क्रममा दुई पक्षबीच झडप भएको थियो। यद्यपि प्रहरीले झडपलाई साम्य बनायो। दुईबीच थप झडप हुने स्थिति देखिएपछि दुवै पक्षका गरी १७ जनालाई नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।

‘दुई पक्षबीच झडप हुने देखिएपछि दुवै पक्षका गरी १७ जनालाई नियन्त्रणमा लिएका छौँ। अहिले उनीहरू हाम्रो नियन्त्रणमा छन्’, उनले भने।
महरमाथि ‘सेक्स्यूअल ह्यारेसमेन्ट’ गरेको आरोप लगाएकी ती महिलाले यही मंसिर ५ गते उच्च अदालत पाटनअघि आत्मदाहको प्रयास गरेकी थिइन्।
अहिले पनि उनको वीर अस्पतालमा उपचार भइरहेको छ। ती महिलाले विवाहको प्रलोभन देखाएर महरले यौन शाेषण गरेको बताउँदै आएकी छिन्।
यद्यपि महर पक्षले भने महिलाको आरोपलाई झुट भन्दै आइरहेको छ।

यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया