 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                नेकपा एमालेका नेता ऐन महरलाई बलात्कारी भन्दै धर्नामा बसेका पक्ष र महरलाई बलात्कारी भन्न पाइँदैन भन्नेबीच माइतीघरमा झडप भएकाे छ।
महरकै गृहजिल्ला बझाङकी एक महिलाले आफूलाई महरले बलात्कार गरेको भन्दै वर्षदिनदेखि आन्दोलनमा छिन्। उनले महरलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै आन्दोलित छिन्।
तर महरमाथि कुनै छानबिन नभएको भन्दै अहिले उनै महिलाका बुबासहितका केही व्यक्त माइतीघरमा सोमबारदेखि धर्नामा बस्न खोजेका थिए। धर्नामा बसेका उनीहरूले ‘बलात्कारी ऐन महर’ लेखेको ब्यानर टाँगेपछि महर पक्षकाले प्रतिवाद गरेका थिए।
त्यस क्रममा दुई पक्षबीच झडप भएको थियो। यद्यपि प्रहरीले झडपलाई साम्य बनायो। दुईबीच थप झडप हुने स्थिति देखिएपछि दुवै पक्षका गरी १७ जनालाई नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।

‘दुई पक्षबीच झडप हुने देखिएपछि दुवै पक्षका गरी १७ जनालाई नियन्त्रणमा लिएका छौँ। अहिले उनीहरू हाम्रो नियन्त्रणमा छन्’, उनले भने।
महरमाथि ‘सेक्स्यूअल ह्यारेसमेन्ट’ गरेको आरोप लगाएकी ती महिलाले यही मंसिर ५ गते उच्च अदालत पाटनअघि आत्मदाहको प्रयास गरेकी थिइन्।
अहिले पनि उनको वीर अस्पतालमा उपचार भइरहेको छ। ती महिलाले विवाहको प्रलोभन देखाएर महरले यौन शाेषण गरेको बताउँदै आएकी छिन्।
यद्यपि महर पक्षले भने महिलाको आरोपलाई झुट भन्दै आइरहेको छ।

 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया