सोरुका १३५ घरमा खानेपानी धारा

हट्यो आधा घण्टा पानी लिन जानुपर्ने बाध्यता

मुगुको सोरु गाउँपालिका वडा नम्बर ७ का १३५ घरघरमा धारा पुगेको छ।  

घरघरमा धारा पुगेसँगै यहाँका नागरिकलाई अब आधा घण्टा टाढा पानी लिनु जानुपर्ने बाध्यता हटेको छ। 

आजसम्म यहाँका ख्याल्च, सिरुपाट, गोयलपानी गाँउमा बस्दै आएका १ सय ३७ घर परिवारका स्थानीयहरू आधा घण्टा टाढा खोल्सामा पानी लिन जानुपर्ने बाध्यता थियो। 

आजसम्म हिउँदमा धुलो र बर्खामा हिलो संगही गाँउदेखि आधा घण्टा टाढा रहेको खोला, नाउला, पहराको पानी खाँदै आएको स्थानीय छिता बुढाले बताइन्।

घरमै धारा आएपछि अब पानी लिन जानुपर्ने बाध्यता हटेको भन्रदै उनले खुसी व्यक्त गरिन्। अहिले ख्याल्चा गाँउका ७५ घर, सिरुपाटाका २२ घर र गयालपानीका ३५ घर गरी जम्मा १ सय ३५ घरमा सुरक्षित खानेपानीको धारा निमार्ण गरिएको छ। 

ब्याक टु लाईफ ई।भी। र्जमनीको आर्थिक सहयोग र कर्णाली सामुदायिक विकास केन्द्र मुगुको प्राबिधिक सहयोग तथा साझोदारीमा धारा निर्माण गरिएको हो। 

प्रकाशित मिति: : 2024-11-25 08:26:00

प्रतिकृया दिनुहोस्