मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
आइतबार जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्रहरीलाई दिएकाे हाे।
‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा भ्रामक र गलत जानकारी फैलाएको आरोपमा प्रसाईंलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)काे टाेलीले मंसिर ४ गते भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियाे।
सीआईबीले प्रसाईँविरुद्ध ५ वटा कसुरमा अनुसन्धान गरिरहेको छ।