संघीय संसद् अधिवेशन २०८२ अन्तर्गत आज दुवै सदनको संयुक्त बैठक बस्दैछ। बैठक दिउँसो ३ बजे बस्ने कार्यसूची तय गरिएको छ।
संघीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन्।
राष्ट्रपतिले सरकारको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाअनुसार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्न लागेका हुन्।
हरेक वर्षको बजेट अधिवेशनको प्रारम्भमा राष्ट्रपतिले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने परम्परा रहेको छ, जसमा सरकारका प्राथमिकता र आगामी योजनाबारे जानकारी गराइन्छ।
आजको सम्बोधनमार्फत सरकारले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमको खाका प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया