बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति आपत्ति जनाएका छन्।
उपसभामुखमा श्रम संस्कृति पार्टीलाई समर्थन गरेर सभापति लामिछानेले आफूलाई फोन गरेकोप्रति शाहीले आपत्ति जनाएका हुन्।
बिहीबार उपसभामुखको उम्मेदवारी दर्तापछि उनले सभापति लामिछानेले आफै फोन गरेर ‘हाम्रो समर्थन छ, उम्मेदवारी दर्ता गराउनुस् है’ भनेपछि बल्ल आफूहरूले दर्ता गराएको जानकारी दिए।
उनले भने, ‘रास्वपाका सभापतिले स्वयंम फोन गरेपछि हामीले उम्मेदवारी दिएका हौं। सबै प्रतिपक्ष एक भएपछि गरेको यस्तो निर्णयमा पुगेका हौं। राजनीतिमा तल माथि त भइहाल्छ। स्वयंम सभापतिले फोन गरेर उम्मेदवारी दर्ता गराउनुहोस् है हाम्रो समर्थन छ भनेपछि दर्ता गराएका छौं। अर्को पार्टीलाई समर्थन गर्ने भए सभापति लामिछानेले किन फोन गरेको?’
यता रास्वपाले भने आफ्नो समर्थन श्रम संस्कृति पार्टीलाई गर्ने घोषणा गरेको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया