प्रतिनिधिसभा सचिव सुरेश अधिकारीकाे राजीनामा स्वीकृत भएकाे छ।
अधिकारीले आइतबार प्रतिनिधिसभाको सचिव पदबाट दिएकाे राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका हुन्।
संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम अधिकारीले दिएको राजीनामा साेमबारदेखि लागू हुनेगरी स्वीकृत गरिएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ।