बाँकेकी मानवअधिकारकर्मी सुखरानी चमारको मृत्यु भएको छ। पीडित महिलाहरूको न्यायका लागि आन्दोलनमा खटिँदै आएकी चमारको आइतबार मृत्यु भएको हो।
नेपालगञ्ज नर्सिङ होममा उपचारका क्रममा उनको मृत्यु भएको मानवअधिकारकर्मी रुवि खानले जानकारी दिएकी छन्। खानका अनुसार
चमारको शव अहिले अस्पतालमै छ।
अस्पतालमा तिर्ने पैसा नहुँदा शव उठाउन नसकिएको खानले बताएका छन्। उनले शव उठाउनका लागि सहयोग गर्न पनि अपिल गरेकी छन्।
चमारको यसअघिको उपचार पनि अरुकै सहयोगबाट भएको थियो। उनी पछिल्लो समय निर्मला कुर्मीको न्यायका लागि निरन्तर आन्दोलनमा सहभागी हुँदै आएकी थिइन्।