दुर्गा प्रसाईंको घरमा प्रहरीकाे खानतलासी, ३ वटा ल्यापटप र ९ वटा मोबाइल बरामद

File Photo
File Photo

प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा खानतलासी गरेकाे छ।

नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले प्रसाईंलाई पक्राउ गर्ने क्रममा मंगलबार भक्तपुरस्थित उनकाे घरमा खानतलासी गरेकाे हाे।

साे क्रममा प्रहरीले उनकाे घरबाट ३ वटा ल्यापटप र ९ वटा मोबाइल बरामद गरेको सीआईबीले जनाएकाे छ।

बरामद भएकाे ल्यापटप र मोबाइल जाँचका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाउने तयारी भएकाे जनाइएकाे छ।

‘फेक डकुमेन्ट’ को सहारामा  प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा भ्रामक र गलत जानकारी फैलाएको आरोपमा प्रसाईंलाई मंगलबार बिहान सीआईबीले पक्राउ गरेकाे हाे।

उनले हालै आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा एक अफवाहजन्य भिडियो रिपोर्ट सार्वजनिक गर्दै कम्बोडियाको स्मार्ट एजियाटा कम्पनीमा प्रधानमन्त्री ओलीले २१ करोड अमेरिकी डलर (साढे ३२ अर्ब नेपाली रूपैयाँभन्दा बढी) लगानी गरेको बताएका थिए।

प्रकाशित मिति: : 2024-11-19 17:58:00

प्रतिकृया दिनुहोस्