कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
जसअनुसार, गोलभेंडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ७०, आलु सेतोको ५७, लोकल बन्दाको मुल्य ६०,काउली स्थानीयको १०० रुपैयाँ कायम भएको छ।
यसैगरी भन्टा डल्लोको मूल्य ६० रुपैयाँ र भन्टा लाम्चोको ३० रुपैयाँ कायम भएको छ।
रायो सागको मूल्य ४० रुपैयाँ छ। तोरिको साग ५० ,पालूगो साग ६० र चमसुरको साग १००, स्कूसको मूल्य १५ रुपैयाँ रहेको छ।
त्यस्तै, लोकल गाजर १५० रुपैयाँ, तने बोडी ११० रुपैयाँ, मकै बोडी ७० रुपैयाँ, मटरकोशा १०० रुपैयाँ, राजमा घिउ सिमी १०० रुपैयाँ,लौका ५०, घिरौला ६० रुपैयाँ र लोकल परवर ९० रुपैयाँ रहेको छ।
त्यस्तै अनारको ४५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली ९० ,केरा १५०,स्याउ फूजी २८० रहेको छ।