संघीय संसदअन्तर्गत आज (साेमबार) दुईवटा समितिको बैठक बस्दैछ।
राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १२ बजे बस्दैछ।
समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने बैठकमा समितिको वार्षिक कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।
यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक सिंहदरबारमा बिहान ११ः४५ बजे बस्ने छ।
संघीय सचिवालयका अनुसार बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन सम्बन्धमा छलफल हुनेछ। छलफलका लागि कृषि तथा पशुपक्षी विकास मन्त्री र मन्त्रालयका सचिवलाई बोलाइएको छ।