पूर्वसभामुख दमननाथ ढुंगानाको अन्त्येष्टि आज गरिँदैछ।
पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा कलेजो रोगको उपचारका क्रममा आइतबार दिउँसो उनको निधन भएको थियो।
कान्छो छोरा निमेष लण्डनमा रहेकाले र उनी आएपछि आज अन्त्येष्टि गरिने बताइएको छ।
कलेजोको समस्याबाट पीडित ढुङ्गानाको ८३ वर्षको उमेरमा निधन भएको थियो। ढुङ्गानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ।