राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना उम्मेदवारलाई ठुला दलबाट डर, धम्की दिने र धम्काउने काम भएकाे बताएकाे छ।
आइतबार केन्द्रीय पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै यही मंसिर १६ गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका धेरै उम्मेदवारहरूमाथि ठुला दलबाट धम्काउने काम भएकाे रास्वपाकाे भनाइ छ।
रास्वपाका केन्द्रीय सदस्य गणेश पराजुलीले काठमाडौँकाे कीर्तिपुर नगरपालिकामा मेयर र दैलेखकाे महावु गाउँपालिकामा अध्यक्षमा उम्मेदवार दिने तयारी गरेका उम्मेदवारलाई धम्काउने काम भएकाे बताए।
उनले अन्य धेरै ठाउँमा उम्मेदवारी दिने तयारी गरेका उम्मेदवारमाथि पनि धम्कीहरू आइरहेकाे बताउँदै अहिलेसम्म ढुक्कका साथ उम्मेदवारी दिने वातावरण नभएकाे बताए।
पराजुलीले मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षसहति ४२ स्थानमा हुन लागेकाे उपनिर्वाचनका लागि त्रास हुने भएकाले पहिले नै उम्मेदवारी दिनेहरूकाे नाम सार्वजनिक नगरेको बताए।
साथै जिल्ला समन्वय समितिबाहेक सबै ठाउँमा उम्मेदवारी रास्वपाले उम्मेदवारी दिने पनि उनकाे भनाइ छ।