आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ।
जसअनुसार, प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक ११:३० बजे बस्नेछ। बैठकमा सहकारी ऐनको कार्यान्वयनमा रहेका समस्याका सम्बन्धमा छलफल हुनेछ।
त्यस्तै दिउँसो १ बजे बस्ने राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बालबालिकासम्बन्धी ऐनको कार्यान्वयन मापन सम्बन्धमा विज्ञ र सरोकारवालासँग छलफल हुनेछ।