कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव तस्करी प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।
जापानबाट डिपोर्ट भएका तीन युवालाई नक्कली सरकारी कागजात बनाइदिएको आराेपमा दुई जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।
पक्राउ पर्नेमा ओखलढुंगाका गुढी राई र नविन राई रहेका छन्। याे प्रकरणमा आजका दुईसहित ९ जना पक्राउ परेका छन्।
मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारी हाल प्रहरी हिरासतमा छन्।
अधिकारीमाथि गत कार्तिक १३ गते आफू जापान जाने क्रममा आफूसँगै मन्त्रालयको नक्कली कागजात बनाएर तीन जनालाई लगेको आरोप छ।
मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत नलिइ जापान उडेका उनलाई जापानको अध्यागमनले विमानस्थलबाट फर्काइदिएको थियो।
त्यसपछि अधिकारीकाे चाैतर्फी विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए। उनलाई एमालेले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बनसमेत गरिसकेकाे छ।