बिएल संवाददाता
भारतीय टिवीकी अभिनेत्री रुबीना दिलैकलाई नचिन्ने सायदै होलान्। उनले सानै उमेरमा सानो पर्दामा कदम टेकिन्। र, सफल पनि भइन्।
‘छोटी बहु’ बाट ‘शक्ति’ र ‘बिग–१६’ को उपाधि जितेकी उनले अभिनयको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी छन्।
तर गाउँकी केटी रुबीनालाई मुम्बईको मायानगरीमा आफूलाई चिनाउन सहज थिएन। त्यहीपनि रुबीनाले आफ्नो मेहनतको कारण आफूलाई चिनाउन सफल भइन्।
हिमाचल प्रदेशको शिमलीकी रुबीनाले एक अन्तर्वार्तामा भनेकी थिइन् कि पहिलोपटक गाउँबाट सहर आउनेबेला उनले धेरै संघर्ष गरेकी थिइन्।
उनले भनेकी थिइन्, ‘धेरै संघर्ष र चूनौतीहरू थिए। सानो गाउँबाट आएकाहरूको चर्चा त के कुरा पनि हुँदैन इन्डस्ट्रीमा।’
रुबीना दिलैकले ‘मिस शिमला’लगायत कयौं सौन्दर्यता प्रतियोगिता जितेकी छन्। अभिनयको दुनियाँ पाइला टेक्नअघि उनी आइएएस अफिसर बन्न चाहन्थिन् तर उनको भाग्यमा अर्को लेखिएको थियो सायद।
जब रुबीना आइएएसको तयारीमा थिइन् त्यहीबेला उनले ‘छोटी बहु’को लागि अडिशन दिइन्। र, सेलेक्ट पनि भइन्। उनले त्यही शोबाट डेब्यू गरिन्। र, राधिकाको भूमिका पनि निभाइन्।
त्यही सिरियलबाट रुबीनाको भाग्य नै चम्कियो। त्यसपछि उनले एक–से–एक सिरियलहरू गरिन्। र, उनले ‘अर्ध’ फिल्मबाट बलिउडमा पनि डेब्यू गरिसकेकी छन्।
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया