नयाँ पत्रिका दैनिक
                                रवि लामिछाने प्रबन्ध निर्देशक हुँदा गोर्खा मिडियामा भएको कारोबार मात्र होइन, विभिन्न सहकारीबाट पैसा गएकोमा पनि मुख्य जिम्मेवार बनाएर मुद्दा चलाउने योजनामा सरकार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेविरुद्ध सरकारले विभिन्न जिल्ला लगेर एकपछि अर्काे मुद्दा चलाउने तयारी गरेको छ । हाल कास्की प्रहरीको थुनामा रहेका उनलाई रुपन्देही, चितवन, काठमाडौं, पर्सालगायत जिल्लामा समेत थुनामा राखेर अनुसन्धान गर्ने र जिबी राईको समूहले गरेको सहकारी हिनामिनाको प्रमुख जिम्मेवार बनाएर मुद्दा दायर गर्ने तयारी छ ।
रुपन्देही प्रहरीले यसअघि नै लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीबाट पक्राउ अनुमति लिइसकेको छ । कास्कीबाट छुटेमा उनलाई रुपन्देही लैजाने, त्यहाँपछि चितवन र काठमाडौंमा लगेर मुद्दा चलाउने प्रहरीको तयारी छ । सरकारको ‘योजनाबद्ध’ रणनीतिअनुसार प्रहरीले काम गरिरहेको स्रोतको दाबी छ ।
रुपन्देहीको सुप्रिम, चितवनको सहारा, पर्साको सानो पाइला र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गैरकानुनी रूपमा गोर्खा मिडियामा ऋण प्रवाह भएको थियो । ती सहकारीको रकम हिनामिनामा लामिछानेलाई मुख्य आरोपीकै शैलीमा प्रहरीले लामो समय थुनामा राखी अनुसन्धान गरिरहेको छ ।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया