प्रहरीले जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १ सय २९ जना पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका– ६ बौद्ध रामहिटी रामनगर पाटी प्यालेस नजिक बस्ने ४३ वर्षीय सूर्य भन्ने रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सुनार समेत २० जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ६९ हजार ८ सय १० रूपैयाँ र ९ बुक ताससहित पक्राउ गरेको हो।
नुवाकोट, बिदुर नगरपालिका– ५ माथिल्लो पिपलटार ठुलोगाउँ बस्ने ३० वर्षीय बिनोद कुमालको घरमा कौडा खेलिरहेको अवस्थामा बिनोद समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार ९ सय १० रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो।
मुस्ताङ, घरपझोङ गाउँपालिका– २ मार्फास्थित फिरोज लालचनको होटल माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षीय सुरज लालचनसमेत १२ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ५२ हजार ८ सय रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो।
पाँचथर, फिदिम नगरपालिका– १ बस्ने ५६ वर्षीय खेमनाथ अधिकारीको घरमा कौडा खेलिरहेको अवस्थामा अधिकारी समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार ५ सय ३० रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो।
बाँके, नेपालगञ्ज उपमहानगरपालिका– ४ सल्यानीबाग बस्ने सुवाष तारामी मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका– ४ बस्ने ४० वर्षीय पृतम शाक्यसमेत १४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५४ हजार ८ सय २० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो।
नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका– १५ बस्ने दानबहादुर थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका– १५ बस्ने ५१ वर्षीय खेमप्रसाद पाण्डेसमेत ९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी तम्सरियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ४ सय ५ रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो।
कैलाली, गौरीगंगा नगरपालिका– १ गोप्का बस्ने ४२ वर्षीय भैरव चन्दको रोयल फेम्ली रेष्टुरेन्ट एण्ड बारमा कौडा खेलिरहेको अवस्थामा चन्दसमेत २० जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ९ सय ११ रूपैयाँसहित पक्राउ गरेको हो।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका– ७ गौडी चोक बस्ने सुरेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका– ७ बस्ने २४ वर्षीय मुकेश चौधरीसमेत ८ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट मनहेराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार २ सय रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो।
कञ्चनपुर, बेदकोट नगरपालिका– ४ बगुन बस्ने ४६ वर्षीय ईश्वर भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्ट समेत २० जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार ९८ रूपैयाँ र ३ सय पत्ती ताससहित पक्राउ गरेको हो। यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका– ९ राजघाटस्थित यज्ञबहादुर महराको मदिरा पसलमा जुवातास खेलिरहेको अवस्थामा कृष्णपुर नगरपालिका– ९ राजघाट बस्ने ५० वर्षीय जियाराम चौधरी समेत १० जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ हजार २ सय १० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो।
बर्दिया, बढैयाताल गाउँपालिका– ५ बढैयागाउँस्थित टहरोमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–४ बस्ने २५ वर्षीय राजन थापासमेत ८ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बर्दिया, इलाका प्रहरी कार्यालय बाँसगढी र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार १ सय २४ रूपैयाँ र ९ बुक ताससहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।