बिएल संवाददाता
हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टनलाई अनुबन्ध गरेको छ।
शनिबार कर्णाली याक्सले जमैकाका ३९ वर्षीय दायाँ हाते शीर्ष क्रमका ब्याटरलाई भित्राएको घोषणा गर्यो। वाल्टन नेपाल प्रिमियर लिग खेल्ने कर्णाली याक्सका तेस्रो विदेशी खेलाडी हुन्।
यसअघि नै हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सले पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरेको थियो। तलातले पाकिस्तानको लागि १८ टी– २० आई खेलेका छन्। बाबरले हङकङको लागि ७९ टी–२० आईमा प्रतिनिधित्वि गरिसकेका छन्।
सन् २०१४ मा अकल्यान्डमा घरेलु टोली न्युजिल्यान्डविरुद्ध डेब्यु गरेको वाल्टनले १९ टी २०आई खेल खेलेका छन्। जसमा दुई सय २५ रन बनाएका छन्। त्यस्तै, २ टेष्ट र ९ एकदिवसीय खेले खेलेका छन्।
वाल्टनलाई अनुबन्ध गरेपछि कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले टिम थप मजबुद हुने आशा गरे। ‘वाल्टन वेष्ट इन्डिजका अनुभवी ब्याटर हुन्। उनको आगमनपछि तीन विदेशी खेलाडी भएका छन्,’ प्रशिक्षक मल्लले भने, ‘टिम थप मजबुद भएको पाएको छु।’
कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामी छन्। प्रतियोगिताको लागि कर्णाली याक्सले अक्सनबाट ‘ए’ श्रेणीमा राष्ट्रिय टोलीका गुल्शन झा, देव खनाल र नन्दन यावदलाई समावेश गरेको छ।
त्यस्तै ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन्। ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन्।
कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा होटल हिल्टनसँग सम्झौता गरिसकेको छ।
प्रतियोगिता १५ मंसिरदेखि ६ पुससम्म हुनेछ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया