काठमाडौंबाट दिल्ली उड्न लागेको विमानमा बम राखेकाे सूचना फैलिएपछि..

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौंबाट दिल्लीका लागि उड्ने तयारीमा रहेको एयर इण्डियाको जहाजमा बम रहेको भन्दै सूचना आएपछि चेकजाँच थालिएको छ।

सोमबार अपराह्न २ः४१ बजे अवतरण गरेको एआईजी–२१६ विमान फर्किने तयारीमा रहेका बेला बम रहेको भन्दै सूचना आएपछि प्रहरी र सेनाले चेकजाँच थालेको हाे। 

दिल्लीबाट १३७ जना यात्रु लिएर आएको विमान ३ बजेर ५५ मिनेटमा दिल्ली फर्किने तयारीमा थियाे। तर दिल्लीबाट नै बम राखिएको सूचना आएपछि चेकजाँच भइरहेको छ। 

यसअघि पनि दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम राखिएको भन्दै हल्ला फैलिएको थियो। तर, जाँच गर्दा त्यस्तो कुनै शंकास्पद वस्तु भेटिएकाे थिएन।
 

प्रकाशित मिति: : 2024-10-28 16:39:00

प्रतिकृया दिनुहोस्