भ्रष्टाचारमा शून्य सहनशिलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट छ: गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट रहेको बताएका छन्। 

सोमबार सिंहदरबारमा प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकलले सरकार भ्रष्टाचार निवारण–नियन्त्रण, भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट रहेकाे बताउँदै  त्यसलाई कार्यान्वयन गर्नका लागि भ्रष्टाचारलाई पूर्ण रुपमा निर्मूल गर्न कानुन र विधयेकहरू प्रस्तुत भएको धारणा राखे। 

'प्रस्तुत विधयेक चाँडोभन्दा चाँडो समितिबाट टुंगो लगाएर आउने अधिवेशनमा यसलाई पूर्णता दिने कुरामा समितिले काम गरिदियाेस् भन्ने सरकारका तर्फबाट आग्रह छ',  गृहमन्त्री लेखकले भने, 'यी विधयेक प्राथमिकतामा छन्। तुरुन्त पारित गरेर कानुन बनाउनुपर्छ।'

उनले आउँदो अधिवेशबाट पूर्ण रुपले पारित गरेर कार्यान्वयन गर्न र प्रचलनमा ल्याउन समितिले टुंगोमा पुर्याएर संघीय संसदको अधिवेशनमा प्रस्तुत गर्न आग्रह समेत गरे।

'अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐन सम्वन्धी ऐन लाई समसायिक रुपले परिमार्जन र संशोधन गर्न विधयेकहरु प्रस्तुत गरिएका छन्', उनले भने, 'जुन सम्मानित समितिमा विचाराधीन रहेको अवस्था छ।'

प्रकाशित मिति: : 2024-10-28 14:45:00

प्रतिकृया दिनुहोस्