रामकुमारले फुलाएका सयपत्री (तस्बिरसहित)

तस्बिर–शनि शाक्य
तस्बिर–शनि शाक्य

नुवाकोट शिवपुरी गाउँपालिकाका रामकुमार तामाङले फूल खेती गरेको लगभग दुई वर्ष भयो। आफू शारीरिक रुपमा अशक्त भएर पनि चार रोपनी जग्गामा फूल खेती गरेर उनले आयआर्जनको राम्रो स्रोत बनाएका छन्।

उनले तिहारको लागि भनेर सधैं सयपत्रीको खेती गर्ने गरेको बताए। उनले यसमा सरकारले व्यापारको लागि सहज वातावरण मिलाए राम्रोसँग आम्दानीको स्रोत बन्न सक्ने उनी बताउँछन्।

उनले भने, ‘फूल खेती गरेको त दुई वर्ष भयो। खेत किन बाँझो राख्ने भनेर चार रोपनी जग्गामा फूल खेती गरेको हो। सयपत्री फूल तिहारकै लागि भनेर खेती गर्ने गरेका छौं। अरुबेला खासै काम हुँदैन तर भाइटीकामा धेरै विक्री हुने भएकाले तिहारमै सयपत्री फूलको खेती गर्ने गरेका छौं। काम गरिसकेपछि खर्च निकाल्न परिहाल्यो। एउटा व्यवसाय त गर्नैपर्यो। गतसाल त काठमाडौं लगेर व्यापार गरेका थियौं । तर काठमाडौं लग्दाखेरी व्यापारीहरुलाई जुनसुकै व्यावसायमा पनि सरकारले अलिकति मिलाउन जान्नुपर्यो।’

साथै उनले भारतबाट फूल आयात हुने भएकाले नेपाली फूल बिक्रीमा असर परेको बताए। उनले हरेक कुरामा भारतलाई प्राथमिकता दिँदा नेपाली उत्पादनहरु विक्री हुन नसकेको गुनासो गरे।

प्रकाशित मिति: : 2024-10-28 14:08:00

प्रतिकृया दिनुहोस्