बझाङमा पल्टियाे सात यात्रु बाेकेकाे जिप

फाइल तस्बिर
फाइल तस्बिर

बझाङमा जिप  दुर्घटना हुँदा चारजना घाइते भएका छन्।

घाइते हुनेहरूमा जिप का चालक तलकोट गाउँपालिका–१ का ५६ वर्षीय बीरबहादुर बम, सोही ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, जयपृथ्वी नगरपालिका–११ का १७ वर्षीय शङ्कर धामी र सोही ठाउँका २५ वर्षीया विद्या बोहोरा रहेका छन्। 

तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा१८च ५१४९ नम्बरको जिप  भोपूरमा दुर्घटना भएको हो।

सात जना यात्रु चढेको उक्त जिप  तीव्र गतीका कारण सडकमा पल्टिएकाे प्रहरीले जनाएकाे छ। 

अहिले घाइते उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
 

प्रकाशित मिति: : 2024-10-28 13:39:00

प्रतिकृया दिनुहोस्