‘वैदिक तथा आधुनिक विज्ञान दोस्रो महायज्ञ’को आयोजना गर्दै नेपाल वैदिक फाउण्डेशन

नेपाल महर्षि वैदिक फाउण्डेशनले तीन दिने वैदिक विज्ञान तथा आधुनिक विज्ञान दोस्रो महायज्ञको आयोजना गर्ने भएको छ। 

आइतबार पत्रकार सम्मेलन गर्दै संस्थाले वैज्ञानिक सन्त महर्षि महेशयोगी नेपाल आगमनको स्वर्ण महोत्सवमा कार्तिक २२–२५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा महायज्ञ गर्न लागेको हो। 

मुख्यतया राष्ट्रको समृद्धिका लागि फाउण्डेशनले गर्न लागेको महायज्ञमा १ हजार एक सय ११ आचार्य तथा बटुक पण्डितहरूको सहभागिता रहनेछ। यो भने पहिलो अतिरुद्र विश्व कल्याण विराट हो।  

लोपोन्मुख हुँदै गइरहेको यज्ञका विधि, निष्ठा र आस्थासहित सम्पन्न उक्त महायज्ञमा सहकाय गर्नका लागि सम्पूर्ण वैदिक सनातनी र सरकारहरूसमेत आह्रान गरिएको छ। 

त्यसैगरी महायज्ञका कर्ता बन्नका लागि अग्रिम यज्ञ सङ्कलनको रकम जम्मा गर्न सकिनेछ। 

 

प्रकाशित मिति: : 2024-10-27 15:18:00

प्रतिकृया दिनुहोस्