रवि पक्राउकाे विराेधमा माइतीघरमा रास्वपाकाे प्रदर्शन (फाेटाे/भिडियाे)

शनि शाक्य

काठमाडौं
Break n Links
Break n Links

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेको छ।

पूर्वगृहमन्त्री एवम् पार्टी सभापति रवि लामिछाने पक्राउकाे विराेधमा पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले आजदेखि काठमाडौँमा आन्दोलन थालेको हो।

लामिछानेमाथि अनुसन्धान प्रक्रिया चलिरहँदा गत सात दिनयता रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शनका कार्यक्रम गर्दै आएकोमा आजदेखि भने काठमाडौँकाे माइतीघरमा प्रदर्शन गरेकाे हो।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गत शुक्रबार प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो। लगत्तै रास्वपाले सभापतिलाई राजनीतिक प्रतिशाेध साँधेर पक्राउ गरिएको भन्दै विरोध गर्दै आएको छ।

प्रकाशित मिति: : 2024-10-25 13:26:00

प्रतिकृया दिनुहोस्