रास्वपाले अब काठमाडाैँ केन्द्रित प्रदर्शन गर्ने

फाइल तस्बिर
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरा केन्द्रित प्रदर्शनको अन्त्य गर्ने भएको छ।

सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा पोखरामा प्रदर्शन गरिरहेको रास्वपाले अब पोखराको प्रदर्शन रोकेर काठमाडौँ केन्द्रित प्रदर्शन गर्ने जानकारी दिएको छ।

पोखरामा बिहीबार बिहान पत्रकार सम्मेलन गरेर पोखरामा आज हुने प्रदर्शन अन्तिम हुने जनाएको छ। पार्टीले पोखरामा आज अन्तिम प्रदर्शन भएको र त्यसपछि काठमाडौँ केन्द्रीत प्रदर्शन सुरु गर्ने पनि बताएको छ।

सरकारले नयाँ वैकल्पिक दललाई दबाउन खोजेको र सभापतिलाई जानाजान थुनामा राखेको रास्वपाका नेताहरुले आरोप लगाएका छन्।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पोखरामा सहकारी पीडितलाई रास्वपाका कार्यकर्ताले धम्की दिएको विषयको खण्डन गरेका छन्। उनले कुनै कार्यकर्ताले धम्की दिएको प्रमाण दिन चुनौतीसमेत दिएका छन्।

उनले सहकारी पीडितहरु आफूहरुको आन्दोलनमा सहभागी भएको दाबी गर्दै नक्कली पिडितले प्रदर्शन गरिरहेको समेत दाबि गरे।

प्रकाशित मिति: : 2024-10-24 10:14:00

प्रतिकृया दिनुहोस्