काभ्रेको सुनथानमा ढकमक्क सयपत्री र मखमली (तस्बिरहरु)

काभ्रेको सुनथान गाउँ व्यावसायिक रूपमा लगाइएका सयपत्री र मखमली फूल ढकमक्क भएको छ। काठमाडौं आसपासका किसानहरूले तिहारलाई लक्षित गरी सयपत्री र मखमली लगाएका थिए।

फूल फुलेसँगै किसानहरूले बजारसम्म ल्याउन थालेका छन्। सयपत्री फूल माला तथा थुंगाको रूपमा बिक्री हुन्छ भने मखमली माला बनाएर बिक्री गर्ने गरिन्छ। तिहारमा दिदी-बहिनिहरुले दाजु-भाइको दीर्घायुको कामना गर्दै गालामा सयपत्री, मखमली र गोदावरी फूलको माला लगाइदिने गर्दछन्। तिहारको समयमा उपत्यकालगायत देशभर सयपत्री, गोदावरी र मखमली फूलको खपत बढ्छ। 

प्रकाशित मिति: : 2024-10-24 07:52:00

प्रतिकृया दिनुहोस्