ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार

File Photo
File Photo

ललितपुरमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरिएको छ।

नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी)ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको हाे।

काँग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ उक्त सहकारीको प्रबन्ध निर्देशक हुन्।

सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले जाहेरी दिएपछि सीआईबीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2024-10-22 14:56:00

प्रतिकृया दिनुहोस्