अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

Break n Links
Break n Links

अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य दिएको छ।

जारी टी-२० सिरिजको तेस्रो खेलमा अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य दिएको हो।

टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनाएको हो।

अमेरिकाका लागि साइतेजा मुकर्मल्लाले सर्बाधिक ६८ रन बनाएका थिए। भने, मिलिंद कुमारले ४३ रन बनाएका थिए।

नेपाली बलर सोमपाल कामीले ३ विकेट लिएका थिए। भने, रिजन ढकाल र ललित राजबंशीले एक-एक विकेट लिएका थिए।

सिरिजमा नेपालले यसअघि नै लगातार २ खेल जितेर सिरिज जितिसकेको छ।

प्रकाशित मिति: : 2024-10-21 07:31:00

प्रतिकृया दिनुहोस्