कुशल भुर्तेलकाे उत्कृष्ट ब्याटिङकाे मद्दतमा नेपालले अमेरिकालाई दियाे १७१ रनकाे लक्ष्य

Break n Links
Break n Links

नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ।

जारी टी- २० सिरिजको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले ६ विकेट गुमाउँदै १७० रन बनाएको हो।

नेपालका लागि कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै ५४ बलमा अविजित ९२ रन बनाएका थिए। त्यस्तै अनिल शाहले २५, गुलशन झाले १९, कप्तान रोहित पौडेलले १८ रन बनाएका थिए।

अमेरिकाका बलर जसदीप सिंह र नोस्थस केन्जीगेले २-२ विकेट लिए। भने, सौरभ नेत्राभलकरले एक विकेट लिएका थिए।

प्रकाशित मिति: : 2024-10-20 07:24:00

प्रतिकृया दिनुहोस्