होटलको कोठामा पुरुष मृत फेला

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

मकवानपुरको हेटौँडा उपमहानगरपालिका एक जना पुरुष होटलमा मृत फेला परेका छन्।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौडा उपमहानगरपालिका– २ स्थित पल्पसा प्याराडाइज होटलको कोठामा काठमाडौं महानगरपालिका– ७ चाबहिल निवासी ४७ वर्षीय अजय मानन्धर मृत फेला परेका छन्।

उनी गत असोज २७ गतेदेखि होटलको तेस्रो तल्लाको ४०५ नम्बर कोठामा बसिरहेका थिए।

कार्तिक २ गते दिउँसो करिब ४ बजे मानन्धरका साथीहरूले फोन गर्दा नउठेपछि होटलमा गई हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए। घटनाबारे जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रारम्भिक अनुसन्धानबाट मानन्धर मामाघर आएको र पहिले पनि हेटौडा आउँदा सोही होटलमा बस्ने गरेको खुलेको छ।

मृतकको शव हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ। घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2024-10-19 09:58:00

प्रतिकृया दिनुहोस्