रवि लामिछानेकाे पक्राउविरुद्ध रास्वपाले शनिबार काठमाडाैँ र पाेखरामा ऐक्यबद्धता कार्यक्रम गर्ने

पार्टी सभापति रवि लामिछानेकाे पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऐक्यबद्धता कार्यक्रम गर्ने भएकाे छ।

पूर्व-उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछाने पक्राउपछि रास्वपाले शनिबारका लागि ऐक्यबद्धता कार्यक्रमकाे आह्वान गरेकाे हाे। ‘राजनीतिक प्रतिशाेधविरुद्धकाे ऐक्यबद्धता’ भनिएकाे छ।

जारी सूचनाअनुसार पाेखराकाे मानव अधिकारचाेक, चिप्लेढुङ्गामा बिहान ११ बजे र काठमाडाैँकाे माइतीघर मण्डलामा दिउँसाे १ बजे ऐक्यबद्धता कार्यक्रम हुनेछ।

प्रहरीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय च:मतिबाट पक्राउ गरेकाे छ।

उनलाई आइतबारमात्रै अदालत उपस्थित गराइनेछ।

प्रकाशित मिति: : 2024-10-18 22:35:00

प्रतिकृया दिनुहोस्