रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी

Break n Links
Break n Links

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएकाे छ।

जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा लामिछानेलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई शुक्रबार अनुमति दिएको हाे।

लामिछाने गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक रहँदा सहकारीको रकम अपचलन गरेको भन्दै सहकारी ठगीसम्बन्धी छानबिन विशेष समितिले दोषी ठहर गरेको थियो।

समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही गर्न सिफारिस गरेको थियो। तीमध्ये जोशीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2024-10-18 17:20:00

प्रतिकृया दिनुहोस्