विपी राजमार्ग बेलुका ६ देखि बिहान ५ बजेसम्म बन्द रहने

फाइल तस्बिर
फाइल तस्बिर

विपी राजमार्ग बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म बन्द रहने भएकाे छ।

असाेज ११ र १२ गतेकाे अविरल वर्षापछि आएकाे आएकाे बाढीपहिराेबाट भएकाे क्षतिकाे पुनर्निर्माण र ट्र्रयाक खाेल्ने काम चलिरहेकाेले तत्काललाई साे समयमा राजमार्ग बन्द गरिएकाे सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडाैँले जनाएकाे छ।

बाढीले राजमार्गकाे नेपालथाेक-बर्खे खाेला सडकखण्ड (सिन्धुली)काे करिब ४ किलाेमिटर भन्दा बढी लम्बाइकाे सडक पूर्णरुपले बगाएकाे थियाे। हाल ट्र्याक खाेलेर साना सवारीकाे लागि मात्रै खुला गरिएकाे छ।

हाल सिन्धुली र काभ्रे जिल्ला अन्तर्गतका क्षतिग्रस्त सडकहरुमा ट्र्रयाक खाेल्नेलगायत मर्मत कार्य भइरहेकाेले बेलुकी ६ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा राेक कार्यालयले जनाएकाे छ।

प्रकाशित मिति: : 2024-10-16 16:58:00

प्रतिकृया दिनुहोस्