दसैँपछिको कारोबारको पहिलो दिन नेप्से परिसूचक वृद्धि

फाइल तस्बिर
फाइल तस्बिर

दसैँपछिको कारोबारको पहिलो दिनमा नेप्से परिसूचक ३१.४८ अंकले बढेको छ। मंगलबार नेप्से ३१.४८ अंकले बढेर २६९९.६६ विन्दुमा बन्द भएको छ।

आज कूल ३०७ कम्पनीका ६४ लाख १७ हजार २६७ कित्ता शेयर किनबेच हुदा ३ अर्ब ६ करोड २३ लाख ३७ हजार बराबरको कारोबार भएको थियो।

कूल १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन मात्रै घट्यो। उत्पादन तथा प्रशोधन १५.६४ अंकले घट्यो। फाइनान्स १४९.६१, जिवन बिमा १३०.३८ अंक र निर्जिवन बिमा ६६.३४ अंकले बढेको छ।

आज सबैभन्दा बढी जानकी फाइनान्स र मिथिला लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको थियो भने मिड सोलु हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको थियो।

प्रकाशित मिति: : 2024-10-15 16:16:00

प्रतिकृया दिनुहोस्