दसैँको टीका लगाउनेक्रम जारी

फाइल तस्बिर
फाइल तस्बिर

विजया दशमीकाे चाैथाे दिन आज (मंगलबार) पनि मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी छ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको प्रसादस्वरुप टीका र जमरा लगाउन मान्यजनकहाँ जाने चलन छ। विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ।

यस वर्ष कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

यस वर्ष विजयादशमीदेखि नै राजधानीमा बढी चहलपहल देखिएको छ। दसैँ मनाउन विगत वर्षभन्दा कम नागरिक काठमाडौँ उपत्यका बाहिर गएकाले राजधानीमा चहलपहल बढी देखिएको हो।

प्रकाशित मिति: : 2024-10-15 07:09:00

प्रतिकृया दिनुहोस्